logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    कोरोनाको राहत वितरण गर्दा पार्टीगत भागवण्डामा कुरा नमिलेपछि एमाले र कांग्रेसबीच कुटाकुट, १८ जना घाइते

    कोरोनाको राहत वितरण गर्दा पार्टीगत भागवण्डामा कुरा नमिलेपछि एमाले र कांग्रेसबीच कुटाकुट, १८ जना घाइते

    6K
    Shares

    बुटवल । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नं. ५ मा राहत वितरण दलीय भागबन्डाका आधारमा गर्ने विषयमा कुरा नमिल्दा उत्पन्न विवादले उग्ररुप लिंदा नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच झडप भएको थियो ।

    कोरोनाका समयमा घरमा कसैको पनि आयस्रोत नभएको र सामाजिक सुरक्षा भत्तासमेत नपाउने अतिविपन्न परिवारका लागि सरकारले प्रति परिवार १० हजारका दरले रकम दिने गरेको छ । सरावल गाउँपालिकामा ७ सय जनाका लागि ७० लाख रुपैयाँ आएको थियो । सोही रकम वितरणमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच विवाद भएको हो । ७ वडा रहेको पालिकामा करिब १४ सयले विपन्न भन्दै फाराम भरेका थिए ।

    यसअघि निर्वाचित भएका एमालेका निवर्तमान वडाअध्यक्षले पठाएको विपन्नको नाम अहिले कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षले काटेर पठाएको एक पक्षको आरोप छ भने अर्को पक्षले पहिला गैर विपन्न व्यक्तिहरुको नाम पठाएको अर्को पक्षले आरोप लगाएपछि कांग्रेस एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

    वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण चौधरीले फाराम नभरेकाहरुको पनि नामावली समावेश गरी रकमका लागि पालिकामा सिफारिस पठाएको आरोप लागेको छ । उक्त वडाबाट मात्र अति विपन्न भन्दै ४ सय १८ जनाले फाराम भरेका थिए ।

    सुरुमा सबैको नामावली वडाध्यक्षले पालिकामा पठाएका थिए । तर पालिकाले १ सय ६ जनाको नाम पठाउने भनेपछि वडाध्यक्षले सोही अनुरुप नाम पठाएका थिए । ती सबैको नाम उपर दाबी विरोध गर्न पालिकाले सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार वडाध्यक्ष चौधरीले वडाबाट पठाएको नामावलीलाई गाउँपालिकाले थपघट गर्दै नामावली निकालेको भन्दै ३२ जनाको सूची हटाउन निवेदन दिएपछि विवाद सुरु भएको हो ।

    विवादपछि १२ जना गाउँपालिका उपाध्यक्ष बासमती हरिजनले आफ्ना मान्छे राख्ने र बाँकी २० जना वडाध्यक्षलाई आफ्ना मान्छे राख्न दिने सहमति भएको थियो । सहमतिमा वडाध्यक्षलाई दाबी विरोध फिर्ता लिनुपर्ने बताए पनि उनले फिर्ता नलिएपछि विवादले उग्र रुप लिएको हो । उपाध्यक्ष हरिजन एमालेकी हुन भने वडाध्यक्ष चौधरी कांग्रेसका हुन् ।

    विवादले उग्ररुप लिंदै कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् । घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend