logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्कटल्यान्डविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

    स्कटल्यान्डविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

    3.6K
    Shares
    स्कटल्यान्डविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दैछ । स्कटल्याण्डले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । स्कटल्यान्डविरुद्धको पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल आजको खेलमा पनि जित निकाल्न चाहन्छ ।

    सरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्न लागेको हो । यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ ।

    नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २३ खेलमा ३२ अंक जोडेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend