logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुनचाँदीकाे मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?

    सुनचाँदीकाे मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?

    7.7K
    Shares
    सुनचाँदीकाे मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार १६० तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend