काठमाडौं । सांसद भुवनबहादुर सुनारले देशलाई बेरुजुले आक्रान्त बनाएको बताएका छन् । राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले स्थानीय,प्रदेश र संघीय तीनै तहमा बेरुजु बढ्दै गएपनि सरकारले बेरुजुलाई व्यवस्थित गर्न सरकार पछाडि परेको बताए ।
उनले भने,‘ अहिले देशमा रुजु र बेरुजुको कुरा चलिरहेको छ । बेरुजुले सबैतिर अहिले आक्रान्त बनाएको छ । हिसाब गर्नेहरुले कस्तो किसिमको लेखा प्रणाली अगाडी बढ्यो र बेरुजु बढ्यो भन्ने चर्चा बढ्न थालेको छ । बेरुजु स्थानीय,प्रदेश र संघीय सबै सरकारको उस्तै छ । बढ्दै गएको बेरुजुलाई व्यवस्थित गर्न राज्य किन पछाडि परेको छ ।