logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    वि.पि.को राजनीतिक जीवनमा श्रीमती सुशीलाको भुमिका

    वि.पि.को राजनीतिक जीवनमा श्रीमती सुशीलाको भुमिका

    7.5K
    Shares
    वि.पि.को राजनीतिक जीवनमा श्रीमती सुशीलाको भुमिका

    काठमाडौं । नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ । तर प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोईरालाकी पत्नी सुशीला एक अपवाद हुन्, जसले जीवनकालमा आफ्नै परिवारवाट जेठाजु मातृका, पति वि.पि. र देवर गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री भएको हेर्न पाइन् ।

    तरपनि राजनीतिक मामिलामा कहिल्यै हस्तक्षेप गरिनन् । बरु दुई तिहाई बहुमत प्राप्त दल नेपाली काँग्रेसका सभापतिसमेत रहेका आफ्ना पति वि.पि.लाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनसन बसे । अहिले प्रधानमन्त्री, मन्त्रीको निर्णयमा श्रमिती हाबी हुने गरेको आरोप लाग्दै आइरहेको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि यस्ता आरोप लाग्दै आएका छन् ।

    वि.पि.को राजनीतिक जीवनमा श्रीमती सुशीलाको भुमिका र प्रभाव रहेको विश्लेषण भइरहेको परिपे्रक्ष्यमा न्युज एजेन्सी नेपालले वास्तवमा विपीको जीवनमा श्रीमती सुशीलाको कस्तो प्रभाव थियो ? भनेर छोरा प्रकाश कोईराला र काँग्रेसका पुराना नेता केशवनन्द जोशीलाई सोधका छौँ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता जोशीले राजासँग सुवर्ण समशेरको निकटता भएकोले प्रधानमन्त्री र पार्टी सभापतिमा छोडिदिन आग्रह गरेको बताए । उनले वि.पी.लाई श्रीमती सुशीलाले पार्टी सभापति छोडेर पार्टी संगठन बलियो बनाउन सुझाव दिएको पनि बताए । सुवर्ण समशेर राणा परिवारका निकट सदस्यको रुपमा हेरिँदै आएका केशवनन्द जोशीको बुझाई पनि वि.पि.की श्रीमती सुशीलाले पार्टी सभापति पद सुवर्णलाई छोडिदिन आग्रह गर्ने गरेको आफूले थाहा पाएको बताए ।

    नेता जोशीले भने, ‘मैले सुनेअनुसार सुशीला भाउजुले वि.पि.लाई बारम्बार छोडिदिनुहोस्, प्रधानमन्त्री र संसदीय दलको नेता बन्न, सुवर्ण समशेरको राजासँग निकट छ, उहाँलाई छोडेर तपाई पार्टी संगठनलाई बलियो बताउनु लाग्नुस् भन्ने गर्नुहुन्थ्यो भनेर सुनेको थिएँ ।’

    त्यस्तै तत्कालीन समयमा नेपाली काँग्रेस पार्टीले दुई तिहाईका साथ जितेको भएपनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको कारण संसदीय दलको नेता चुन्ने कुरामा वि.पि.उठ्न लाग्दा कमाएको इज्जत र प्रतिष्ठा मेटिने डरले श्रीमती सुशीला चिन्तित भएको छोरा प्रकाश कोईरालाले बताए । उनले पार्टी सभापति र प्रधानमन्त्री नबन्न श्रीमती सुशीलाले आग्रह गर्दा उनले कोईराला परिवारबाट नै गाली खाएको बताए । उनले आमाको प्रधानमन्त्री नबन्ने प्रश्ताव कोईराला परिवार कसैलाई चित्त नबुझेको बताए । वि.पि.ले आमाका सबै कुरा सुन्ने गरेपनि निर्णय आफ्नै लिने गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री भएर देश र जनताको सेवा गर्ने प्रतिवद्धतापछि पार्टीलाई सुदृढ बनाएर अघि लैजाने काम गरेको बताए ।

    उनले भने, ‘चुनावमा पार्टीले दुई तिहाई मतका साथ जितेको भएपनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको थियो । त्यो अवस्थाले मेरो आमालाई एकदमै चिन्तित बनाइरहेको थियो । वि.पि.लाई सरकार चलाउन पार्टी भित्रैबाट असहयोग हुनेछ र उहाँलाई असफल बनाउने काम हुनेछ भन्ने आमालाई लागेको थियो । त्यस्तो अवस्था आयो भने त्यो बेलासम्म वि.पि.ले जतिपनि नाम र इज्जत कमाउनुभएको छ त्यो पनि मेटिएर जानसक्छ भन्ने डर आमालाई थियो । एकातिर राजाले सुवर्णजीलाई नै चाहेको कुरा बाहिर आइरहेको थियो अर्कोतिर नेपाली काँग्रेस भित्रैबाट पनि वि.पि.लाई असहयोग हुने गाईंगुईं चलेको थियो । त्यसैले मेरो आमाले पटकपटक बाबालाई तपाई प्रधानमन्त्रीमा दाबी नगर्नुस् । सुवर्णजीलाई बनाउनुस् भन्नुभएको थियो । मेरी आमाको त्यस्तो अडान कोईराला परिवारका धेरै सदस्यलाई चित्त बुझेको थिएन । सबै वि.पि.लाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो । सुशीलाले के यो नचाहिने अड्डी लिएकी भन्ने उहाँहरुको बुझाई थियो । बाबाले आमाको कुरा राम्रोसँग सुन्नुहुन्थ्यो तरपनि निर्णय त वि.पि.कै हुन्थ्यो । अन्तिममा उहाँले प्रधानमन्त्री भएर देशको सेवा गर्छु भनेर एकल निर्णय लिनुभयो ।’

    कोईरालाले प्रधानमन्त्री भएर देशको सेवा गर्ने वि.पि.को चाहनापछि सबै परिवारसँग कुरा गरेर पार्टी र देशको नेतृत्व गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend