logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नो पार्किङमा पार्किङ गरेपछि यातायातमन्त्री राईलाई ट्राफिक प्रहरीले तिरायो जरिवाना

    नो पार्किङमा पार्किङ गरेपछि यातायातमन्त्री राईलाई ट्राफिक प्रहरीले तिरायो जरिवाना

    3.8K
    Shares

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी ट्राफिक प्रहरीको फन्दामा परेको छ । मन्त्रीको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।

    ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा २२ च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो । सो गाडी मन्त्री राईले प्रयोग गर्दै आएको ट्राफिक प्रहरीका एक अधिकृतले जानकारी दिए ।

    ‘नो पार्किङमा त्यो पनि अपोजिट दिशामा फर्काएर राखेपछि चिट काटिएको हो,’ ललितपुर ट्राफिक प्रहरी स्रोतले भन्यो । कारबाहीको समयमा मन्त्री सो गाडीमा भए नभएको भने खुलेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend