logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक: अञ्जना विशंखे

    सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक: अञ्जना विशंखे

    3.9K
    Shares
    सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक: अञ्जना विशंखे

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा सरकारले संसदमा प्रश्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।

    उनले तीन तहकै सरकारले तथ्यांकलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्यांक विधेयक ल्याउनुपर्नेमा जोड दिए । उनले नेपालको तथ्यांक मिथ्यांक भइरहेको भन्दै उनले यो विधेयकले मिथ्या तथ्यांकलाई व्यवस्थित गर्न सक्नुपर्ने बताए ।

    सांसद विशंखेले भने, ‘तथ्यांकमा के देखिन्छ भने तथ्यांक जहिल्यै संघीय हिसावले लिने गरिन्छ । त्यसलाई व्यवस्थित ढंगले तीन तहको सरकारमा तलैसम्म तथ्यांकलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले भन्नको निमित्त यो तीन सरकारको संरचनामा कसरी काम गराउन सकिन्छ भन्ने बारेमा पनि तथ्यांकको विषय आउन जरुरी छ । नेपालको तथ्यांक मिथ्यांक पनि भइरहेको छ, यो विधेयकले व्यवस्थित गराओस् भन्ने लाग्छ । नेपालमा दलित समुदाय २० प्रतिशत छन् भनेर गैरसरकारी संस्थाले जहिल्यै भनिरहेको छ । तर हाम्रो सरकारको आँकडामा १३ प्रतशित भन्नेछ । तथ्यांक विधेयकले संरचनागत ढंगले कसरी हल गर्ने ? र सत्यतथ्य कसरी ल्याउने ? यसमा सोच्नुपर्छ । हामीले नेपाल हिन्दुराष्ट्र हो र ८०÷९० प्रतिशत हिन्दुहरु छन् भन्ने गरिन्छ । तर डेटा अर्कोतिर अरु अरु धर्मावलम्वी र अरुको डेटा लिने हो भने ८० प्रतिशत पुग्दैन । तथ्यांक विभागले फर्महरु बनाउँदै वास्तविक तथ्यांक कसरी ल्याउने भन्ने बारेमा सोच्नुपर्छ । तथ्यांक विधेयक सबै जातजाती, समुदायलाई हुने गरेर ल्याउनुपर्छ ।’

    सांसद विशंखेले नेपालमा वास्तविक तथ्यांक नहुँदा कठिनाइ आइरहेको भन्दै तथ्यांक विभागले फर्महरु बनाउँदै वास्तविक तथ्यांक ल्याउन आवश्यक भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend