काठमाडौं । अन्ततः र्यापर यम बुद्धको सालिक बन्ने भएको छ । काठमाडौं महानगरपालिकाले आफ्नै पैसा खर्च गरेर कलाकार यम बुद्धको सालिकसहितको पार्क बनाउने निर्णय गरेको हो ।
महानगरले सालिक र पार्क निर्माण गर्नका लागि साढे एक करोड बजेट विनियोजन समेत गरेको पाइएको छ ।
काठमाडौं नगरपालिका १६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा र्यापर यम बुद्धको नाममा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
प्रवक्ताका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको हो ।
यम बुद्ध नेपालका चर्चित र्यापर थिए । उनले केही वर्षअघि बेलायतको लन्डनमा आत्महत्या गरेका थिए ।