logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • कन्हैया सिंह र अञ्जना गुरुङको ‘नजर नजरको’ सार्वजनिक

    कन्हैया सिंह र अञ्जना गुरुङको ‘नजर नजरको’ सार्वजनिक

    7.1K
    Shares
    कन्हैया सिंह र अञ्जना गुरुङको ‘नजर नजरको’ सार्वजनिक

    काठमाडौं । गायक तथा संगीतकार कन्हैया सिंह र अञ्जना गुरुङको स्वरमा रहेको नजर नजरको बोलेको गीत सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो ।

    गीतको संगीत र रचना बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले गरेका छन् । त्यस्तै भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा नायक पुष्प खड्काको साथ पहिलोपटक कन्हैया सिंहकी छोरी अपेक्षा सिंहले डेब्यु गरेकी छन् । कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बास्कोटाले जहाँ बसेपनि नेपाली गीत, संगीतलाई माया गर्नुपर्ने बताए् ।

    उनले गीतका शब्दहरु नेपाली लोकगीतका भाषालाई प्रयोग गरेर कोरिएको बताए । त्यस्तै नायक पुष्प खड्काले गीत धेरै राम्रो रहेको बताए । उनले आगामी भदौ ३ गते विवाहको हल्ला चलाएको बारेमा चलचित्रमा विवाह हुनसक्ने बताए ।

    उक्त गीतमा बरिष्ठ संगीतकार मनोहर सुनामको संगीत संयोजन,प्रकाश मिश्रको रेकर्डिङ रहेको छ । त्यस्तै सहायक निर्देशन सुबोल थापा,सिनेमाटोग्राफर
    नवराज उप्रेती,सम्पादन र कलरिङ नविन निरौलाको रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend