logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सबै विषयमा सबै सदस्यको एउटै मत हुदैन, उपलब्ध तथ्यका आधारमा समितिले छानबिन गर्योः शक्ति बस्नेत

    सबै विषयमा सबै सदस्यको एउटै मत हुदैन, उपलब्ध तथ्यका आधारमा समितिले छानबिन गर्योः शक्ति बस्नेत

    2.4K
    Shares
    सबै विषयमा सबै सदस्यको एउटै मत हुदैन, उपलब्ध तथ्यका आधारमा समितिले छानबिन गर्योः शक्ति बस्नेत

     

    काठमाडौं । संसदीय छानबिन छानबिन समिति सदस्य शक्तिबहादुर बस्नेतले सिसिटिभी फुटेज र अर्थ मन्त्रालयका कर्मचारीहरुसँग भएको छलफलको आधारमा करका दर हेरफेर गर्न अनाधिकृत व्यक्ति प्रवेश नगरेको निस्कर्षमा समिति पुगेको बताएका छन् । उनले भने,‘समितिले अर्थ मन्त्रालयका आवश्यक सबै कर्मचारीहरुसँग छलफल गरेका थियौं । त्यसपछि सिसिटिभी फुटेजहरु उपलब्ध भएसम्म हामीले हे¥यौं । सिसिटिभी रिकभर गर्ने काम पनि भयो । कतिपय ठाउँमा अनाधिकृत व्यक्तिको प्रवेशको बारेमा आधारहरु देखिन्न । कर्मचारीहरुसँग भएको छलफलको आधारबाट हेर्दा कुनैपनि अनाधाकृत व्यक्तिको प्रवेश भएको देखिएन । छलफलको निस्कर्ष यही हो । समितिले समय सिमालाई हेरर कति गर्न सकिने थियो हामीले त्यति ग¥यौं । सबै विषयमा सबैको एउटै मत हुन्छ भन्ने हुँदैन । करका दर हेरफेर गर्ने अनाधिकृत व्यक्ति प्रवेश गरे नगरेको विषयमा केन्द्रित थियो । तर उपलब्ध तथ्यहरु हेर्दा त्यो देखिन ।’

    बस्नेतले सबै विषयमा सबै सदस्यको एउटै मत नहुने जिकिर गरे । उनले समिति करका दर हेरफेर गर्ने, अनाधिकृत व्यक्ति प्रवेश गरे÷नगरेको विषयमा केन्द्रित रहेको उल्लेख गर्दै त्यही उपलब्ध तथ्यका आधारमा समितिले छानबिन गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend