काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यमा क्रमश सुधार आएको छ । गत सोमबारदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका नेता गिरिको स्वास्थ्यमा सुधार आएको गिरिका निजी सचिव कृष्ण खनालले जानकारी दिए । खनालले भने ‘स्वास्थ्य धेरै ठीक भएको छ । ४ ५ दिनमा डिस्चार्ज हुनुहुन्छ होला । ’
लामो समय भारतमा उपचार गरी फर्केका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि मेडिसीटी अस्पतालमा भर्ना गरिएको थियो । भारतमा उपचार गरिएको समस्याको थप उपचारका लागि भर्ना नभएको खनालले जानकारी दिए ।