logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • गायक साईराज खातीको ‘कसम’ सार्वजनिक (भिडियो)

    गायक साईराज खातीको ‘कसम’ सार्वजनिक (भिडियो)

    8.9K
    Shares
    गायक साईराज खातीको ‘कसम’ सार्वजनिक (भिडियो)

     

    काठमाडौं । मोडल कमल सिंह र ललना चिमरिया बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण कसम बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोको सम्पूर्ण छायाँकन गौतम बुद्ध जन्मस्थल लुम्विनी भित्र गरिएको हो।

    यस गीतमा स्वर सा रे गा मा पा बंगालका उप विजेता गायक साईराज खातीको रहेको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द कुमार मिश्रको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

    बुद्ध थापाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। भिडियो केके अक्टेभ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

    भिडियो लिंक: https://youtu.be/XgKXhWl347U


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend