logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • विवादमा आएपछि माग्ने बुढाले माफी माग्दै हटाए महादेवको ‘विवादित’ दृश्य

    विवादमा आएपछि माग्ने बुढाले माफी माग्दै हटाए महादेवको ‘विवादित’ दृश्य

    6.4K
    Shares
    विवादमा आएपछि माग्ने बुढाले माफी माग्दै हटाए महादेवको ‘विवादित’ दृश्य

     

    काठमाडौं । अभिनेता तथा कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा)को निर्देशनमा रहेको टेलिभिजन कार्यक्रम कमेडी हबको प्रोमोमा सम्मिलित विवादित दृश्य हटाइएको छ। ‘एपीवान’मार्फत् प्रसारण हुने कार्यक्रमको आगामी एपिसोडको प्रोमोको एक दृश्य विवादमा आएपछि हटाइएको हो।

    प्रोमोमा रहेको उक्त दृश्यमा महादेवको अवतारमा एक कलाकारले अभिनय गरेका थिए। जो कार्यक्रमकी अर्की महिला कलाकार सिता न्यौपानेसँग नजिक भएको दृश्यमा हास्यव्यंग्यात्मक शैलीमा देखिएका थिए। तर, उक्त दृश्य प्रसारण भएसँगै हिन्दू धर्ममाथि प्रहार भएको र धर्मको मजाक उडाएको भन्दै आलोचना भएको थियो।

    सामाजिक सञ्जालमार्फत् उक्त प्रोमोको दृश्य राख्दै गायक सञ्जय श्रेष्ठले आपत्ति जनाएका थिए। उक्त दृश्यमा हिन्दू धर्मको अपमान गरिएको भन्दै उनले आपत्ति जनाएका थिए। त्यस्तै, टिकटक तथा एमआरआरजस्ता विभिन्न फेसबुक ग्रुपमा पनि प्रोमोमा सम्मिलित दृश्यले हिन्दू धर्मको अपमान गरेको भन्दै आलोचना भएको थियो।

    कार्यक्रमको प्रोमोमा सम्मिलित दृश्य विवादमा आएपछि निर्देशक घिमिरेले उक्त दृश्य हटाइएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उक्त दृश्य हटाइएको जानकार दिँदै उनले भनेका छन्, ‘कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तक ज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ। अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकहरु समक्ष हामी क्षमा माग्दछौं।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend