logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • नेप्से परिसूचक २.७६ अंकले गिरावट

    नेप्से परिसूचक २.७६ अंकले गिरावट

    7.2K
    Shares
    नेप्से परिसूचक २.७६ अंकले गिरावट

    काठमाडौं । पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । मंगलवार नेप्से सूचक २.७६ अंकले घटेर २१९३.४८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स शुन्य अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.०१ अंकले घटेको छ । तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१३ अंकले बढेको छ ।

    मंगलवार कारोबारमा आएका २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका १३ उपसमूह मध्ये ७ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ भने ६ वटा उपसमूहको सूचक वृद्धि भएको छ । जसमा फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ । मंगलवार नेप्सेमा सामान्य गिरावट आएपनि विन्द्यवासिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । सामलिङ्ग पावरको ९.९८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ । यता राष्ट्रउत्थान लघुवित्तको शेयरमूल्य ४.२४ प्रतिशतले घटेको छ । आज शिवम सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend