logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

    घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

    7.5K
    Shares
    घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६००मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend