logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेप्से ६.७१ अंकले गिरावट

    नेप्से ६.७१ अंकले गिरावट

    4.8K
    Shares
    नेप्से ६.७१ अंकले गिरावट

    काठमाडौं । शेयरबजार परिसूचक नेप्से बुधवार ६.७१ अंकल गिरावट आएको छ । लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलवारदेखि सामान्य करेक्शन आएको हो ।

    बुधवार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ ।
    बुधवार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार कारोबार रकममा भने केही सुधार देखिएको छ मंगलवार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    नेप्सेका १३ उपसमूह मध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ९ वटा उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ । नेप्से परिसूचक गिरावट भए पनि बुधवार सामलिङ्ग पावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत र समृद्धि फाइनान्सको ८.७६ प्रतिशत बढेको छ । तर यता स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ ।

    त्यस्तै,गुडविल फाइनान्सको ३.४३ प्रतिशत र बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ । बुधवार शिवम सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको १५ करोड १७ लाख रुपैयाँ बराबारकोे शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend