logo

२०७९ साउन २९ आइतबार

logo
  • आइतबार, २९ साउन २०७९
  • दाङमा आठ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

    दाङमा आठ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

    2.4K
    SHARES
    दाङमा आठ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

     



    दाङ । दाङमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–५ का २९ वर्षका चमन बिक रहेको ईलाका प्रहरी कर्यालय तुलसीपुरले जनाएको छ ।

    प्रहरीले पीडितको जाहेरीका आधारमा बिकलाई पक्राउ गरेको हो । घरमा कोहि नभएको मौका पारेर उनले बालिकलाई मंगलबार मकैबारीमा लगेर बलात्कार गरेको उजुरी आएको ईलाका प्रहरी कर्यालय तुलसीपुरका डीएसपी अर्यालले बताए ।

    बालिकाले यौनअंग दुखेको आमालाई बताएपछि घटना बाहिर आएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend