logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    आयरल्यान्डबिरुद्ध दक्षिण अफ्रिकाको सहज जित

    आयरल्यान्डबिरुद्ध दक्षिण अफ्रिकाको सहज जित

    5K
    Shares
    आयरल्यान्डबिरुद्ध दक्षिण अफ्रिकाको सहज जित

    काठमाडौं । दक्षिण अफ्रिकाले दुई टि २० शृंखलाको पहिलो खेलमा आयरल्यान्डलाई बुधबार राति २१ रनले पराजित गरेको छ । योसँगै शृंखलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ । २१२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनमा समेटियो ।

    आयरल्यान्डका लोर्कन टकरले सर्वाधिक ७८ रन बनाए । जर्ज डोकरेलले ४३ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २११ रनको योगफल बनायो ।

    दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले सर्वाधिक ७४ रन बनाए । यस्तै, एडेन माक्ररमले ५६ रन जोडे । अब, दुई बीचको दोस्रो तथा अन्तिम खेल  शुक्रबार हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend