काठमाडौं । एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ६ जना नेपालीलाई पक्राउ गरेको छ। बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दियो।
सो कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरू सबै नेपाली हुन्। उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए। परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend