logo

२०७९ साउन २९ आइतबार

logo
  • आइतबार, २९ साउन २०७९
  • श्रीमतीले श्रीमान्‌को अनुहारमा छ्यापिन खुर्सानीको धुलोसहित एसिड

    श्रीमतीले श्रीमान्‌को अनुहारमा छ्यापिन खुर्सानीको धुलोसहित एसिड

    2.7K
    SHARES
    श्रीमतीले श्रीमान्‌को अनुहारमा छ्यापिन खुर्सानीको धुलोसहित एसिड

    एजेन्सी । भारतको बरेलियाकी एक २७ वर्षीया महिलाले आफ्नै श्रीमान्‌को अनुहारमा खुर्सानीको धुलो मिसाएर एसिड छ्यापेकी छिन्।श्रीमान्‌ले आफूलाई थप्पड हानेपछि असह्य भएर यस्तो गरेको उनले बताएकी छिन्। यो घटना आइतबार राति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिपोर्टकाअनुसार ती श्रीमान् निकै जड्याहा थिए।



    टाइम्स अफ इन्डियाका अनुसार ती महिलाले सुतिरहेको मौका छोपी श्रीमान्‌को अनुहारमा एसिड खन्याएकी थिइन्। श्रीमान्‌को कुटपिटबाट उनी पीडित भएको बताइएको छ। घटनापश्चात श्रीमान्‌को ४० प्रतिशत शरीरको भाग जलेको छ। हाल उनी उपचाररत छन्।

    यी दुईको विवाह सात वर्षअघि भएको थियो। उनीहरूबीच छोरी जन्मिएपछि घर झगडा हुँदै आएको बताइएको छ। सो दम्पतीका हाल चार वर्षीया छोरी छिन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend