logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बाढीको कारण देखाएर परराष्ट्रमन्त्री समितिबाट पन्छिन मिल्दैनः सांसद झा

    बाढीको कारण देखाएर परराष्ट्रमन्त्री समितिबाट पन्छिन मिल्दैनः सांसद झा

    7K
    Shares
    बाढीको कारण देखाएर परराष्ट्रमन्त्री समितिबाट पन्छिन मिल्दैनः सांसद झा

     

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद अनिलकुमार झाले बाढीको कारण देखाएर परराष्ट्रमन्त्री समितिबाट पन्छिन नमिल्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले बाढीमात्रै कारण हुननसक्ने भन्दै परराष्ट्रमन्त्री समितिमा नआउनुको रहस्य अरुपनि हुनसक्ने बताए । उनले नेपाली सेना, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयले समितिको बैठकमा आउनुलाई अन्यथा मान्नु नहुने बताए । उनले भने, ‘सभापतिज्यूले परराष्ट्रमन्त्री समितिमा नआउनुको कारण भन्नुभएको त छैन तर उहाँले बाढीको कारणले समितिमा उपस्थित हुन नसक्ने कुराभन्दा फरक छ । उहाँ आउन नसक्नु यो मात्रै विषय होइन, अरुपनि छन् । नेपाली सेना, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयले समितिको बैठकमा आउनुलाई अन्यथा मान्नुहुँदैन ।’

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend