logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • चुनावको मिति तय भएको छ, हामी खुसी छौँः सुवास नेम्वाङ

    चुनावको मिति तय भएको छ, हामी खुसी छौँः सुवास नेम्वाङ

    7.6K
    Shares
    चुनावको मिति तय भएको छ, हामी खुसी छौँः सुवास नेम्वाङ

    रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति तय भएकोमा खुसी ब्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहीवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘चुनावको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनुपर्छ ।’

    हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै नेम्वाङले हरेक गठबन्धन र तालमेल संसदीय मूल्य मान्यता बमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । लोकप्रिय मतका आधारमा गएको पालिका चुनावमा एमाले पहिलो स्थानमा रहेको प्रसङ्ग उनले उल्लेख गरे । ‘हामीले समयमै चुनाव घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा चुनाव सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ’, उनले भने ।

    चुनावमा आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको जनाए । उनले आउने चुनावमा जनताको आशीर्वाद रहनेमा विश्वस्त रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend