logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कञ्चनपुरमा एकै दिन ३९ मा कोरोनाको सङ्क्रमण

    कञ्चनपुरमा एकै दिन ३९ मा कोरोनाको सङ्क्रमण

    6.9K
    Shares
    कञ्चनपुरमा एकै दिन ३९ मा कोरोनाको सङ्क्रमण

     

    कञ्चनपुर । कञ्चनपुरमा आज एकै दिन ३९ जनामा कोरोनाको सङ्क्रमण देखा परेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डा चौकीमा ११, भीमदत्त नगरपालिका मा १४, बेलौरी नगरपालिकामा ११, शुक्लाफाँटामा तीन, पुनर्वासमा एक र कृष्णपुरमा दुईमा कोरोना सङ्क्रमण देखा परेको हो ।

    चार सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ को नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। कोरोनाको सङ्क्रमण देखा परेका ३९ लाई होम आइसोलेसनमा पठाइएको छ । आज सातले कोरोना जितेर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनालाई जित्नेको सङ्ख्या चार हजार पाँच सय ५८ पुगेको छ ।

    जिल्लामा अहिलेसम्म एन्टिजेन परीक्षणबाट चार हजार सात सय ३२ र हेल्थ डेस्क गड्डा चौकी नाकामा एन्टिजेन परीक्षणबाट दुई हजार पाँच सय २८ मा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ रहेको छ भने अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय ११ रहेको छ ।

    “कोरोनाको सङ्क्रमण बढ्न थालेपछि परीक्षणको दायरा बढाएका छौँ”, स्वास्थ्य कार्यालय प्रमुख सुनारले भने, “खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ । कोरोनाको सङ्क्रमण बढी फैलिएका क्षेत्रबाट आएका व्यक्तिलाई निगरानीमा गरिरहेका छौँ । होल्डिङ सेन्ट र आइसोलेसन सञ्चालनबारे अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend