logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    ताइवानी सिमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउन चीनलाई अमेरिकाको चेतावनी

    ताइवानी सिमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउन चीनलाई अमेरिकाको चेतावनी

    5K
    Shares

    एजेन्सी । अमेरिकाले ताइवानी सीमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउन चीनलाई चेतावनी दिएको छ ।

    विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अहिलेको सैन्य अभ्यास रोक्न र अबका दिनमा थप तनाव बढाउने काम नगर्न चेतावनी दिएका हुन् । उनले तनावले चीन तथा यस क्षेत्रका कसैको पनि हित नहुने बताए । साथै उनले अमेरिका अहिले पनि एक चीन नीतिको पक्षमा रहेको दोहोर्याए ।

    अमेरिकी रक्षा मन्त्रालयले पनि चीनसँग तनाव बढाउने पक्षमा नरहेको जनाएको छ । तर चीनले पछिल्लो परिस्थितिका लागि अमेरिका दोषी रहेको र सैन्य गतिविधि आवश्यक भएको समेत जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलगत्तै चीनले ताइवानमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

    हिजोदेखि ताइवान आसपासको क्षेत्र जल तथा उडान क्षेत्रमा युद्ध अभ्यास भइरहेको छ । यो अभ्यास सोमवारसम्म चल्नेछ । चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्र प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

    यो सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ । दक्षिणपूर्वी एसियाली देशहरुको समूह (आसियान)ले एक विज्ञप्ति निकालेर चीन र अमेरिका दुवैलाई अधिकतम संयमता देखाउन आग्रह समेत गरेको छ।

    आसियान समूहमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड र भियतनाम रहेका छन् । जवाफमा चीनले दक्षिणपूर्वी एसियाली देशहरुसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो प्रयास रहने जनाएको छ ।

    चिनियाँ विदेशमन्त्री वाङ यीले समकक्षी विदेशमन्त्रीहरुसँग भएको भेटमा सम्बन्धलाई बिग्रन नदिने बताउनुभएको समाचार संस्था एपीले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend