logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • समाज परिवर्तन गर्नसक्ने चलचित्र निर्माण गर्न आवश्यक छः मन्त्री श्रेष्ठ

    समाज परिवर्तन गर्नसक्ने चलचित्र निर्माण गर्न आवश्यक छः मन्त्री श्रेष्ठ

    42.6K
    Shares
    समाज परिवर्तन गर्नसक्ने चलचित्र निर्माण गर्न आवश्यक छः मन्त्री श्रेष्ठ

     

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार २२ औं विश्व आदीवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित आदीवासी चलचित्र प्रदर्शनसहित विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    मन्त्री श्रेष्ठले हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्ने बताए । उनले विज्ञान प्रविधिको भरपुर प्रयोग भएको र स्थानीय संस्कृति र पहिचान झल्कने किसिमको चलचित्र निर्माण गर्नुपर्ने आवश्यक रहेको बताए । उनले समाजमा भइरहेका घटनाहरुलाई समेटेर समाजक परिवर्तन गर्न मद्दत पुग्ने किसिमका कथावस्तु समेटिएको चलचित्र नेपाली समाजमा आवश्यक रहेको बताए । उनले समाजको परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्छ । युग सुहाउँदो चलचित्र भन्नाले विज्ञानप्रविधिको हिसावले पनि सबैभन्दा माथि उठेको विज्ञानप्रविधिको प्रयोग हुनुपर्छ । अग्रगामी ढंगकको हुनुपर्छ । कथावस्तु पनि सामाजिक विषयवस्तुलाई समेटेर हाम्रो समाजमा भइरहेका घटनाहरुको हुनुपर्छ । प्रगतिशील दिशा दिने खालको हुनुपर्छ । व्यक्ति नभइ समाजलाई परिवर्तन गर्ने किसिमको हुनुपर्छ । समाजमा सामाजिक परिवर्तनसँग गाँसिएर समाजको परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक छ । दक्षिण एशियामा वंशानुगत पेशा बन्ने समस्या देखिएको छ । यो राम्रो होइन । त्यस्तो खालको प्रवृतिले राम्रो गर्दैन । समाज परिवर्तनको लागि नेतृत्व गर्ने व्यक्तिलाई कथाका पात्र बनाउनु पर्छ । चलचित्रमा खराब नभइ असल पात्रहरु रोल मोडेल पात्रहरुको जन्म हुनुपर्छ । यी कुराहरु ध्यानमा राखेर चलचित्रहरु निर्माण गर्नुपर्छ । आफ्नो संस्कृति, पहिचान झल्कने खालका चलचित्र बनाउन आवश्यक छ ।’

    मन्त्री श्रेष्ठले माईतीघर भन्ने स्थानमा नेपाली चलचित्र माईतीघरको ठूलो बोर्ड राखेको र सहचालकहरुले माईतीघर बोलाउन थालेसँगै पछि माईतीघर नै नामाकरण भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend