logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • न्यायपालिकाको भ्रष्टाचार, विकृति र विसंगति हटाउन महाअभियोग लगाउनु परेको होः चाँदतारा कुमारी

    न्यायपालिकाको भ्रष्टाचार, विकृति र विसंगति हटाउन महाअभियोग लगाउनु परेको होः चाँदतारा कुमारी

    2.6K
    Shares
    न्यायपालिकाको भ्रष्टाचार, विकृति र विसंगति हटाउन महाअभियोग लगाउनु परेको होः चाँदतारा कुमारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद चाँदतारा कुमारीले न्यायपालिकाको भ्रष्टाचार, विकृति र विसंगति हटाउन महाअभियोग लगाउनु परेको बताइन् । प्रधानन्यायाधीश जबराले संवैधानिक जिम्मेवारी दुरुपयोग गरेको उनको भनाइ छ ।

    असंवैधानिक काम गरेको र सर्वोच्च अदालतमा विचौलियाहरुलाई प्रवेश गराएका कारणपनि महाअभियोग आवश्यक भएको उनको तर्क छ । उनले भनिन्– ‘न्यायपालिकामा भ्रष्टाचार, विकृति, विसंगति बढेको कुरा स्वयं न्यायपालिकाले नै स्वीकार गरेको छ । यसको एउटा उदाहरण स्वयं पदासीन प्रधानन्यायाधीश भएको देखिएको छ । संवैधानिक जिम्मेवारी दुरुपयोग गरेका छन् । यसर्थ यस्ता विकृति, विसंगति हटाउन नेपाल बार लगायत नेपालको सिंगो न्याय क्षेत्र आन्दोलन गर्न बाध्य छन् । उहाँले संवैधानिक परिषद्को सदस्यको हैसियतले आफू संलग्न भई संवैधानिक नियुक्ति गरी त्यसको विपरित परेका रिट निवेदनको एक वर्ष हुँदापनि प्रारम्भिक सुनुवाईसम्म नभएको । न्यायपालिकाको स्वतन्त्रता, शुद्धता, निष्पक्षता र गरिमामा गम्भिर रुपले कुठाराघात हुनेगरी मन्त्रीपरिषद्मा भाग खोज्ने इत्यादी थुप्रै असंवैधानिक कार्य गरेका छन् ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend