logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    २४ घण्टाभित्र नियम विपरीतका संरचना नहटाए कारबाही गर्ने नर्भिकलाई काठमाडौं महानगरको चेतावनी

    २४ घण्टाभित्र नियम विपरीतका संरचना नहटाए कारबाही गर्ने नर्भिकलाई काठमाडौं महानगरको चेतावनी

    3.5K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक हस्पिटललाई नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ। काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी ८ आना एक पैसा क्षेत्रफल रहेको जग्गा हस्पिटलले लिजमा लिएको थियो।

    लिजमा लिएको जग्गामा नियमविपरीतका संरचना बनाएको हुँदा उक्त संरचना भत्काउन हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिइएको सहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यले जानकारी दिए। नर्भिक हस्पिटलले जग्गाको पश्चिमतर्फ नेपाल सरकारसँग भएको सम्झौता विपरीत क्यान्टिन लगायत बनाएको थियो। नक्सा पास स्वीकृत नगरी बनाएको संरचना भत्काउन महानगरले अल्टिमेटम दिएको शाक्यले बताए।

    २४ घण्टाभित्र टहरा नहटाए नियमअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend