logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    किन हुदैछन् बाहुबली भिलेन दग्गुबती सामाजिक सञ्जालबाट टाढा ? हटाए इन्स्टाग्रामका सबै पोस्ट

    किन हुदैछन् बाहुबली भिलेन दग्गुबती सामाजिक सञ्जालबाट टाढा ? हटाए इन्स्टाग्रामका सबै पोस्ट

    5K
    Shares

    काठमाडौं । ‘बाहुबली’ चलचित्रमा भिलेनको रुपमा काम गरेर चर्चा पाएका अभिनेता राणा दग्गुबतीले आफ्नो इन्स्टाग्रामबाट अधिकांश पोस्ट डिलिट गरेका छन् ।
    उनले इन्स्टाग्राम अकाउन्ट यथावत् नै राखेका छन् । तर, ६ वटा स्टोरीका फोटो र भिडियोबाहेक सबै पोस्ट डिलिट गरेका छन् । बाँकी फोटो र भिडियोमा उनको व्यावसायिक जीवनका विषय समावेश छ ।

    हालै श्रीमती मिहिका बजाजसँग दोस्रो वैवाहिक उत्सव मनाएको क्षणलाई सेयर गरेका उनले एकाएक पोस्टहरू डिलिट गरेका हुन् । यद्यपि, उनले यसको संकेत केही दिनअघि नै दिएका थिए । अभिनेता दग्गुबतीले केही दिनअघि नै सामाजिक सञ्जालबाट ‘ब्रेक’ लिने बताएका थिए । अगस्ट ५ मा ट्विट गर्दै उनले सामाजिक सजालबाट टाढा हुने घोषणा गरेका थिए ।

    ‘काम भइरहेको छ । अहिलेका लागि सामाजिक सञ्जालबाट केही दूरी बनाउँदै छु । चलचित्रमा भेटौँला । अझै विशाल, विस्तृत र बलियो । सबैमा धेरै माया ।’
    उनको इन्टाग्राममा ४ं.७ मिलियन अर्थात ४७ लाख फलोअर्स र ३७० फलोइङ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend