logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छः देव गुरुङ

    नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छः देव गुरुङ

    3.2K
    Shares
    नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छः देव गुरुङ

    काठमाडौं । नेकपा माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन् । बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको बताए । नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे । उनले देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनैदिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिए । उनले नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै राष्ट्रिय स्वाधिनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने बताए ।

    उनले भने, ‘विश्व साम्रज्यवादले जुन प्रकारको युद्ध आतंक मच्चाउन खोजिरहेको छ, साउथ एशिया र इण्डो प्यासिफिक क्षेत्रमा युद्ध आतंक मच्चाउन खोजिरहेको छ । पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको छ । पूर्वमा इण्डोप्यासिफिक अघि सारेर युद्ध मच्चाउन खोजिरहेको छ । युद्धको स्थितिले गर्दा तत्काल नेपालको स्थिति के हो भन्ने प्रश्न उठेको छ । नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनैदिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ । हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ । हामीसामु युद्ध आतंकको खतरा छ । युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ । देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरुको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend