logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • घट्यो सुनको मूल्य, तोलाको कति ?

    घट्यो सुनको मूल्य, तोलाको कति ?

    6.1K
    Shares
    घट्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सयमा कारोबार भएको थियो ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सय थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय २५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend