logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

    तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

    4.4K
    Shares
    तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

    काठमाडौं  । तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ। शनिबार बिहान म्याग्दे गाउँपालिका-५ छाङपाटन बस्ने ३१ वर्षीय टोपबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

    उनको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

    प्रहरीका अनुसार उनले गत बिहीबार बेलुकी ८ बजे सेती नदीको किनारमा सिसौको रूखमा रहेको अरिङ्गालको गोला पोलेका थिए। गोला पोल्ने क्रममा अरिङ्गालले टोकेर उनलाई घाइते बनाएको थियो।

    घाइते भएका उनको उपचारको लागि शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारको लागि पोखरास्थित गण्डकी अस्पताल पठाएको थियो। त्यही उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले थप कानुनी कारबाही अघि बढाएको कार्यालयले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend