काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली साहित्यमा विगतदेखि रहेको पुरुष वर्चस्व तोडिदै गएको भन्दै नारी साहित्यकारहरूलाई थप प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले सरकारले साहित्य, कला र भाषाको विकासका लागि विभिन्न प्रतिष्ठानहरू स्थापना गरेर काम गरिरहेको बताए ।
शनिबार काठमाडौंमा जापानका लागि नेपालकी पूर्वराजदूत प्रतिभा राणाद्वारा लिखित ‘गहिराई’ र ‘कर्टेन अफ माया’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले पुरुष साहित्यकारहरूको वर्चस्व रहेको नेपाली साहित्य क्षेत्रमा अहिले नारी साहित्यकारहरुको संख्या थपिदै गएको भन्दै प्रशंसा गरे ।
उनले महिला साहित्यकारलाई थप प्रोत्साहन गरेर अघि बढाउनुपर्ने बताए । ‘विगतमा पुरुष साहित्यकारहरूको वर्चस्व थियो । अहिले नारी साहित्यकारहरुको संख्या समेत थपिँदो छ । यो खुसीको कुरा हो । हामीलाई नारी साहित्यहरूलाई थप प्रोत्साहन गरेर अघि बढाउनुपर्छ,’ उनले भने ।