logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाईयो अमिताभको अडियो सन्देश

    भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाईयो अमिताभको अडियो सन्देश

    6.4K
    Shares

    मुम्बई । भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको बुधबारदेखि दिल्लीको एम्स अस्पतालको भेन्टिलेटर उपचार भईरहेको छ । उनका फ्यानहरूले कमेडियनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । डाक्टरका अनुसार उनलाई पाइपको माध्यमबाट दूध दिइएको छ । उनको मुटु र पल्सले ठीकसँग काम गरिरहेको छ । तर उनको दिमाग भने अझै अचेत छ ।

    अभिनेता अमिताभ बच्चनले राजुको परिवारलाई फोनमार्फत एक अडियो सन्देश पठाएका छन् । जसमा अमिताभले ‘राजु उठ, अब धेरै भयो । अझै धेरै काम गर्नुछ’, भनेका छन् । उनले राजुको स्वास्थ्यलाभको कामना पनि गरेका छन् । राजु अमिताभलाई आफ्नो आदर्श मान्छन् । डाक्टरले उनको परिवारलाई राजुले कुनै पनि विषयमा प्रतिक्रिया नदिइरहँदा उनलाई कोही प्रिय मान्छेको आवाज सुनाएमा सायदै त प्रतिक्रिया जनाउने हुन् कि भनेर सल्लाह दिएका थिए ।

    त्यसपछि उनको परिवारले अमिताभलाई उनले मोबाइल पठाएको लिखित सन्देशभन्दा अडियो सन्देश प्रभावकारी हुन सक्ने बताएपछि अमिताभले अडियो सन्देश पठाएका हुन् । राजुलाई बुधबार बिहान हृदयाघात भएको थियो । उनको बुधबार नै तेस्रोपटक एन्जियोप्लास्टी गरिएको थियो । जसमा सतप्रतिशत ब्लकेज थियो । शुक्रबार उनको स्वास्थ्यमा केही सुधार आएको थियो । उनले औला र कुम हल्लाउन थालेका छन् । तर स्वास्थ्यमा तीव्र रूपमा सुधार हुन सकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend