logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    भारतीय सेयर बजारका बादशाह राकेश झुनझुनवालाको मृत्यु

    भारतीय सेयर बजारका बादशाह राकेश झुनझुनवालाको मृत्यु

    4.5K
    Shares

    मुम्बई । भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको मृत्यु भएको छ । उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । हालै उनले आकासा एयरलाइन्समा लगानी गरेका थिए । यस कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका थिए । उनको आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तस्वीर राख्दै शोक व्यक्त गरेका छन् ।

    उनको जन्म ५ जुलाई १९६० मा मुम्बईमा भएको हो । उनका पिता आयकरमा कर्मचारी थिए । उनलाई आफ्ना पिताको संगतले सेयर बजारतर्फ आकषिर्त गरेको हो । उनले १९८५ बाट सेयर बजारमा लगानी गर्न थालेका थिए । उनी पेशाले भने चार्टर्ड एकान्टेन्ट थिए । राकेशको सेयर बजारको सुरुवाती लगानी ५ हजार भारु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको सम्पत्ति ६ अर्ब डलर रहेको छ ।

    ५ जुलाई १९६० मा जन्मिएका झुनझुनवाला मुम्बईमा हुर्केका थिए । उनका बुबा आयकर अधिकारी थिए । स्टक बजारमा लगानी गर्ने उनको झुकाव किशोरावस्थामा सुरु भयो । उनका बुवाले दिनहुँको खबरले सेयर बजारमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा ध्यान दिन आग्रह गर्थे । सेयर बजारमा झुनझुनवालाको चासो बढ्दै गयो । सिडेनहम कलेजमा पढ्दै गर्दा झुनझुनवालाले सन् १९८५ देखि सेयर बजारमा पैसा लगानी गर्न थालेका थिए । चार्टर्ड एकाउन्टेन्सी पूरा गरेपछि उनले बुबासँग सेयर बजारमा लगानी गर्ने इच्छा व्यक्तगरेका थिए । तर, बुवाल चार्टर्ड एकाउन्टेन्ट भएर करियर बनाउन सकिने बताए ।

    झुनझुनवालाले मात्र ५ हजार भरतीय रुपैयाँ अर्थात नेपाली ८ हजार रुयैयाबाट सेयर बजारमा लगानी सुरु गरेका थिए । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति ६ अर्ब डलर अर्थात् ४५ हजार ३२८ करोड भारतीय रुपैयाँ पुगेको छ । फोब्र्सका अनुसार, उनको सबैभन्दा मूल्यवान सूचीकृत होल्डिङ घडी र गहना निर्माता टाइटन हो, जुन टाटा समूहको हिस्सा हो । झुनझुनवालाको स्टार हेल्थ इन्स्योरेन्स, मेट्रो ब्रान्ड र कन्कर्ड बायोटेक जस्ता निजी कम्पनीहरूमा पनि सेयर छ ।

    सन् १९८६ मा झुनझुनवालाले एउटा कम्पनीको ५ हजार सेयर किनेका थिए । उनले यी सेयरहरू प्रतिशेयर ४३ रुपैयाँमा किनेका थिए, तर तीन महिनामै एउटा सेयरको मूल्य बढेर १४३ रुपैयाँ पुग्यो । यो लगानी तीन गुणाभन्दा छिटो बनाउनु झुनझुनवालाका लागि सफलताको पहिलो सिँढी चढ्नु जस्तै थियो । त्यसैले झुनझुनवालालाई भारतको वारेन बफेट भनिन्छ । यद्यपि झुनझुनवालालाई यो तुलना खासै मन पर्दैनथियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend