logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्छः मायादेवी न्यौपाने

    सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्छः मायादेवी न्यौपाने

    6.9K
    Shares
    सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्छः मायादेवी न्यौपाने

     

    काठमाडौं । प्रतिनिधि सभा सदस्य मायादेवी न्यौपानेले सरकारले जनताको माग अनुरुप केही दिन नसकेकाले सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्ने टिप्पणी गरिन् । उनले सरकार मंसिर ४ गते हुने निर्वाचन पछि कमण्डलु लिएर बनारस जानुपर्ने बताइन् ।

    निर्वाचन पछि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने उनले बताइन् । उनले भनिन् – ‘यो सरकारले जनतालाई केही पनि दिन सक्दैन । विद्यार्थीलाई किताव दिन सक्दैन । किसानलाई मल, बीउ र सिचाईं दिन सक्दैन । व्यवसायीलाई कच्चा पद्धार्थ दिन सक्दैन । उद्योगीलाई सञ्चालन गर्न अवरोध गर्छ । यो केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो ? यो सरकार खरानी घसेर मंसिर ४ गने हुने निर्वाचनमा कमण्डलु लिएर बनारसतिर जाओस् । दिल्लीतिर जाओस् । नेकपा(एमाले)का केपी शर्मा ओली पुनः प्रधानमन्त्री हुनुहुनेछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend