logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    सरकारलाई प्रश्नः निहारिका राजपुतले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने अवस्था किन आयो ?

    सरकारलाई प्रश्नः निहारिका राजपुतले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने अवस्था किन आयो ?

    6.4K
    Shares
    सरकारलाई प्रश्नः निहारिका राजपुतले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने अवस्था किन आयो ?

     

    काठमाडौं । प्रतिनिधि सभा सदस्य रेनुका गुरुङले निहारिका राजपुतले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने अवस्था किन आयो भनि सरकारलाई प्रश्न गरिन् । उनले सरकारको प्रशासनिक र न्यायिक संयन्त्र असफल भएकै हो भनि सरकारको जवाफ माग गरिन् ।

    उनले भनिन्– ‘के यो सरकार दलाल पुँजिवाद, भ्रष्ट्रचारी तथा विचौलियाहरुको संरक्षणको लागि मात्रै हो । आज निहारिका राजपुत जस्ता नेपाली छोरीले राष्ट्रपतीज्यूको भवन अगाडी आत्मदाह गर्ने अवस्था किन आयो ? सरकारले निजलाई समयमै न्याय दिन नसक्नुको कारण के हो ? के सरकारको प्रशासनिक तथा न्यायिक संयन्त्र असफल भएकै हो । म सरकारलाई सोध्न चाहन्छु ।’

    उनले मधेशका मिटरब्याज साहु पीडित नागरिकलाई न्यायको अनुभुति दिने दायित्व राज्यको भएको बताइन् । उनले कार्यदलको नाममा पीडितलाई अल्मल्याउने र पीडकलाई उन्मुक्ति दिने कार्य नगर्न सरकारको ध्यानाकर्षण गराइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend