logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    5.3K
    Shares
    गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को दफावार छलफल सकिएसँगै अर्थमन्त्री जनार्दन शर्माले उठेका प्रश्नहरुको सन्दर्भमा जवाफ दिएका थिए ।

    अर्थमन्त्री जनार्दन शर्माको जवाफपछि सभामुखको कुर्सीमा रहेकी उपसभामुख पुष्पा भुसालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को सम्बन्धमा अर्थ समितिको प्रतिवेदनको क्रम संख्या १ देखि ११ सम्म उल्लेखित संशोधनहरुलाई निर्णयार्थ पस्तुत गर्न खोज्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गणना गरेर मात्रै अघि बढ्न अनुरोध गरे ।

    लगत्तै ३ मिनेट घण्टी बजाएर गणपूरक संख्या गणना गर्दा एक चौथाई सदस्य संख्या ६९ जना उपस्थित हुनुपर्नेमा ६७ जनामात्रै सदस्य रहेकाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend