logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • आगामी निर्वाचनमा प्रचण्ड र बाबुराम एकै चुनाव चिन्ह लिएर लड्न सहमत

    आगामी निर्वाचनमा प्रचण्ड र बाबुराम एकै चुनाव चिन्ह लिएर लड्न सहमत

    4.2K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ । आज बिहान करिब ७ बजे खुमलटार पुगेका डा.भट्टराई र अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा छलफल भएको थियो ।

    आजको छलफलपछि दुई नेताबीच निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो । यद्यपि, सहमतिलाई औपचारिक रुप दिन भने बाँकी रहेको छ । त्यस्तै, दुई पार्टीले एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि सहमति भएको छ । ‘मौखिक सहमति भएको छ । अब यसलाई हस्ताक्षर गरेर औपचारिक रुप दिन बाँकी छ, । ’

    आसन्न चुनावमा दुई पार्टीबीच सहकार्यका लागि केही दिनयता निरन्तर छलफल र संवाद जारी रहेको थियो । यसअघि डा.भट्टराईले समाजवादी केन्द्र बनाएर अघि बढ्ने पहल गरे पनि त्यो भने सम्भव हुन सकेको थिएन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend