logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • अहिले प्रयोगमा नआएका नयाँ हिमालहरुमा आरोहण खुला गछौंः पर्यटनमन्त्री श्रेष्ठ

    अहिले प्रयोगमा नआएका नयाँ हिमालहरुमा आरोहण खुला गछौंः पर्यटनमन्त्री श्रेष्ठ

    4.9K
    Shares
    अहिले प्रयोगमा नआएका नयाँ हिमालहरुमा आरोहण खुला गछौंः पर्यटनमन्त्री श्रेष्ठ

     

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरुमा आरोहण खुला गर्ने बताएका छन् । आईतवार नेपाल पर्वतारोहण संघको ३२ औं साधरण सभालाई सम्बोधन गर्दै उहाँले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरुमा पर्वतारोहणको लागि अनुमति दिने तयारी गरेको बताएका हुन् ।

    उनले कुन–कुन हिमालहरुमा आरोहण गर्न सकिन्छ र कुन–कुन हिमालहरुमा आरोहण खुल्ला गर्दा पर्यटन आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई समेत लाभावित बनाउन सकिन्छ भन्ने कुराको समिक्षा गरेर हिमाल आरोहणको अनुमति दिने बताए । मन्त्री श्रेष्ठले पर्वतारोहण सम्बन्धि अन्योलमा रहेका ऐन,कानून र नियमहरु सरकार तत्काल निराकरण गर्न तयार रहेको बताए । उनले सरकारले विगतमा एक वर्षको लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब एक वर्षको भ्रमण वर्ष भई २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने बताए ।

    मन्त्री श्रेष्ठले नेपाल विश्वको पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उहाँले नेपालका हिमाल,पहाड,प्राकृतिक खालका उचाईहरुमा पर्यटन खेलकुदको विकास गर्नु आवश्यक रहेको बताए । मन्त्री श्रेष्ठले एडभान्चर खुलकुद,पर्यटन वेस खेलकुद र माउण्टेन खेलकुदका रुपमा पर्वतहरुलाई आधार बनाएर खेलहरुको विकास गर्न सके नेपाल पर्यटक गन्तव्यको रुपमा विकास हुने बताए ।

    उनले भने,‘अन्योलतामा रहेका पर्वतारोहण सम्बन्धि ऐन नियमहरु तत्कालै सम्बन्धित सरोकारवाहरुसँग बसेर सरकारले निराकरण गर्नेछ । तपाईहरु आफ्नो काम निर्धक्क भएर अगाडि बढाउन आग्रह गर्दछु । सरकारले पर्यटन क्षेत्रको विकासको लागि नयाँ हिमालहरुमा आरोहण गर्ने अनुमति दिनुपर्छ भन्ने सोच राखेका छौं । अहिले जे जति हाम्रा हिमाल आरोहण गर्ने अनुमति दिने काम भइरहेको छ । त्यसको अतिरिक्त अहिले प्रयोगमा नआएका ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरुमा पनि आरोहणको लागि अनुमति प्रदान गर्ने भन्ने मन्त्रालयले योजना अगाडि सारेको छ । अब कुनकुन हिमालहरुमा आरोहण गर्नसक्छौं ।

    कुनकुन हिमालहरुमा आरोहण खुल्ला गर्दा पर्यटन आगमन बढाउन सक्छौं । त्यो क्षेत्रको जनजीवनलाई समेत लाभावित बनाउन सक्छौं । त्यो कुरालाई समिक्षा गरेर अनुमिति दिनेछु । पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नको लागि विगतमा एक वर्षको लागि भ्रमण वर्ष भनेर तोकेर काम गर्ने गरिएको थियो । अब एक वर्षको भ्रमण वर्ष होइन । २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर निरन्तर रुपमा पर्यटन विकास र पूर्वाचारका काम अगाडि बढाएर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउनु पर्छ । नेपाल विश्वको पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्नसक्छौं । नेपालका हिमाल,पहाड,प्राकृतिक खालका उचाईहरु रहेका छन् । यसलाई खुलकुदको रुपमा पनि विकास गर्नुपर्छ भन्ने सोच अगाडि सारेका छौं ।

    एड्भान्चर खुलकुदका कुराहरु,पर्यटन बेस खेलकुदका कुराहरु र माउण्टेनका खेलकुदका कुराहरु अगाडि सार्नसक्छौं । पर्वतहरुलाई आधार बनाएर खेलहरुको विकास गर्नसक्छौं । जसको माध्यमबाट नेपाल पर्यटक गन्तव्यको रुपमा विकास हुनसक्छ । खेल पर्यटकको रुपमा पर्यटकहरुको आकर्षण बढाउन सकिन्छ ।’

    मन्त्री श्रेष्ठले नेपालमा पर्यटकहरु प्राकृतिक मनोरम दृश्यहरु अवलोकनको लागि बढी आकर्षित भएर आउने गरेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकास गर्न पर्यटकलाई आकर्षित गर्नसक्ने भनेको प्रकृति, शाहसीक खेल र संस्कृति नै रहेको जिकिर गरे । मन्त्री श्रेष्ठले नेपालको नेचर, एड्भान्चर र कल्चरको विकास गरी व्यवस्थित गर्नसके पर्यटकहरुको आकर्षित गर्ने माध्यम बलियो बन्ने बताए । उनले सरकार निजी क्षेत्रको सहकार्यबाट नै नेपालको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भन्ने मान्यताका साथ अगाडि बढेको बताए ।

    उनले भने,‘ नेपाल प्राकृतिक रुपमा मनोरम दृश्यहरु भएको देश हो । त्यसैले यहाँ एकपटक आएका पर्यटकहरु फेरि आउन चाहन्छन् । फेरि आउने वातावरण बनाउने कुरामा हाम्रो पनि त्यत्तिकै प्रयास हुनु आवश्यक छ । नेपालको पर्यटन क्षेत्रको विकासको कुरा गर्दा नेपालमा पर्यटकलाई आकर्षित गर्नसक्ने कुराहरु भनेको नेचर, एड्भान्चर र कल्चर नै हो ।

    यी कुरालाई हामीले व्यवस्थित गरेर पर्यटकहरुलाई आकर्षित गर्ने माध्यमहरु तयार गर्नुपर्छ । जुन काम हामीकहाँ भइरहेको छ, यसलाई अझ थप व्यवस्थित गरेर जानुपर्छ । सरकारले नेपाल पर्वतारोहण संघसँग हातेमालो गरेर पर्वतारोहण क्षेत्रको पर्यटकहरुलाई बढी भन्दा बढी आकर्षित गरेर पर्यटन भित्र्याउने काममा सहकार्य गर्न चाहेको छ । सरकार निजी क्षेत्रको सहकार्यबाट नै नेपालको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भन्ने मान्यता वर्तमान सरकारले लिएको छ । पर्वतारोहण क्षेत्रमा काम गर्ने पर्यटन व्यवसायीहरुको पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका पु¥याउने अपेक्षा लिएका छौं ।’

    त्यस्तै कार्यक्रममा बोल्दै संघका अध्यक्ष निमानुरु शेर्पाले पर्यटनसगँ सम्बन्धित सेवा सुविधा एकद्वार प्रणालीमार्फत लिने नीति लिनुपर्ने बताए । उनले साहसिक खेलहरु हिमचुली खुला गर्ने नीति आवश्यकता रहेको बताए । अध्यक्ष शेर्पाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा छुटै पर्वतारोही कक्ष व्यवस्थापन गर्न माग गरे ।

    अध्यक्ष शेर्पाले विश्व विख्यात पर्वतारोहीको लागि विमानस्थलबाटै सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend