logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पाएको जिम्मेवारीलाई सदुपयोग गर्छुः प्रदीप हुमागाई

    पाएको जिम्मेवारीलाई सदुपयोग गर्छुः प्रदीप हुमागाई

    7K
    Shares
    पाएको जिम्मेवारीलाई सदुपयोग गर्छुः प्रदीप हुमागाई

     

    काठमाडौं । बंगलादेशबिरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक प्रदीप हुमागाईंले एन्फाले उपलब्ध गराएको जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने बताएका छन् । आगामी असोज ११ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिवद्धता जनाएका हुन् ।

    सातोदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको पत्रकार सम्मेलनमा हुमागाईंले आफ्नो लागि नेपाली टोली सम्हाल्ने एक अवसर भएको भन्दै सुखद् नतिजाको लक्ष्य लिएको बताए । ।

    तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाउनुभएका हुमागाईंले मैत्रिपूर्ण खेलका लागि ४० सदस्यीय टोलीको नाम सार्वजनिक गर्दा विवादबाट बाहिरिएका १० खेलाडीलाई पनि समेटेका छन् । पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भए अनुसार हुमागाईंले उनीहरुलाई स्थान दिएका हुन् ।

    बंगलादेशसँगको खेलमा जितका लागि कर्मभूमी छोडेर जन्मभूमी आएको बताउँदै प्रशिक्षक हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीहरुबीच रहेको विवादको बारेमा आपूm बोल्न आवश्यक नरहेको बताए । उनले आफ्ना लागि सबै खेलाडी समान रहेको बताउँदै छिट्टै सानो आकारको टोली सार्वजनिक गर्ने समेत बताए ।

    बोलाइएका खेलाडी आजबाट एन्फामा उपस्थित हुन थालेका छन् । प्रशिक्षक हुमागाईंले शुक्रवारबाट अभ्यास गराउने बताएका हुन् । एएफसी ‘ए’ लाइसेन्स गर्नुभएका प्रशिक्षक हुमागाईंलाई नियुक्त गरेको विषयमा भने एन्फा प्रवक्ता सुरेस साहले प्रक्रियाबाटै नियुक्त गरेको बताए ।

    एन्फाले मुख्य प्रशिक्षक बिदामा भएको अवस्थामा अन्तरिम प्रशिक्षकको रुपमा हुमागाईंलाई नियुक्त गरेको हो । प्रवक्ता सुरेस साह मुख्य प्रशिक्षक अल्मुताइरीको विषय समाधानका लागि एन्फा प्रक्रियामा रहेको बताउनु भयो । प्रवक्ता आउने÷नआउने विषयमा अहिले नै भन्न हतार हुने समेत बताए । हुमागाईंको प्रशिक्षणमा नेपालले आगामी असोज ११ गते घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशबिरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोलीको जिम्मेवारी हेनर्का लागि अमेरिका बस्दै आउनुभएका हुमागार्इं बुधबारमात्र नेपाल आइपुगेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend