logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • गठबन्धनको सामना गर्न एमाले तयार छः अध्यक्ष ओली

    गठबन्धनको सामना गर्न एमाले तयार छः अध्यक्ष ओली

    4.8K
    Shares
    गठबन्धनको सामना गर्न एमाले तयार छः अध्यक्ष ओली

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् । आजै गृहजिल्ला झापा आइपुग्नुभएका उनले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताएका हुन् ।

    एमाले कार्यकर्तालाई उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न निर्देशन दिए ।

    तीन दिन झापामै रहने

    अध्यक्ष ओली आज दिउँसो गृहजिल्ला झापा आएका हुन् । उनि तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहनुहुने बताइएको छ । तीन साताअघि पनि उनि चार दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर राजधानी फर्किएका थिए ।

    उनको संसदीय क्षेत्रका प्रतिनिधि एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend