logo

२०८० फाल्गुन १२ शनिबार

logo
  • शनिबार, १२ फाल्गुन २०८०
  • सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ सोमबार औपचारिक रुपमा लन्च हुने

    सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ सोमबार औपचारिक रुपमा लन्च हुने

    11.5K
    Shares
    सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ सोमबार औपचारिक रुपमा लन्च हुने

    काठमाडौं । लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ भाद्र ६ सोमबार नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गर्ने तयारी भइरहेको बताएको छ ।

    प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा गरिएको यो स्कुटर धेरैका लागि प्रतीक्षा बनेको मानिन्छ । यो स्कुटरमा भएका अत्याधुनिक प्रविधि र सुरक्षा तथा अन्य विभिन्न फिचरका कारण धेरैलाई लोभ्याउने अनुमान गरिएको छ । सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ ।

    जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ । सुजुकी एभेनिसको १२५ र्स्कुटरको बुकिङ खुल्ला गरेको हो । यसको सिधा प्रतिस्पर्धा टीभीएस एनटर्क १२५ सँग हुनेछ ।

    मूख्य फिचरको रुपमा चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डिआरएल छन् । यो स्कुटरको फ्रन्टमा ग्लोवबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिन्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ ।

    कम्पनीले सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend