logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दुई पटकभन्दा बढि प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौं : विश्वप्रकाश शर्मा

    दुई पटकभन्दा बढि प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौं : विश्वप्रकाश शर्मा

    2.9K
    Shares

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढि प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढि सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे ।

    शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरवारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरवार छिर्ने अधिकार पटकपटक दिन नहुने तर्क गरे । उनले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताए । दलहरुले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुश्मनी साँध्ने गरी अभिव्यक्ति दिन भने नहुने महामन्त्री शर्माले बताए ।

    महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसका लागि मुलुकमा काम भइरहेको दावी समेत गरे । उनले जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढि सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे । शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरवारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरवार छिर्ने अधिकार पटकपटक दिन नहुने तर्क गरे ।

    उनले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताए । दलहरुले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुश्मनी साँध्ने गरी अभिव्यक्ति दिन भने नहुने महामन्त्री शर्माले बताए । महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसका लागि मुलुकमा काम भइरहेको दावी समेत गरे । उनले जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend