logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

    चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

    18.9K
    Shares
    चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

     

    काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकल सहित काठमाडौंको रानीबारीबाट हिजो साँझ पक्राउ परेका एकजनालाई आवश्यक कारवाहीको लागी आज प्रहरी वृत्त स्वयम्भु पठाएको छ । धादिङको थाक्रे गाँउपालिका ५ गौरीखर्क घर भई हाल काठमाडौंको बाफल बस्ने ३० बर्षीय रमित लामालाई प्रहरी वृत्त स्वयम्भु पठाइएको हो ।

    मोटरसाइकलको वास्तविक नम्बर वाग्मती प्रदेश ०२–०२२प ३६ ६९ लाई परिर्वतन गरि वाग्मती प्रदेश ०२–०३१प ५८७ नम्बर राखी चलाउदै गरेको अवस्थामा भदौ ८ गते, बुधबार बेलुकी ७ बजेको समयमा उनलाई काठमाडौंको रानीवारी सडकबाट नियन्त्रणमा लिएको थियो ।

    वाग्मती प्रदेश ०२–०२२प ३६ ६९ नम्बरको मोटरसाइकल चोरी भएको भनि धादिङको सल्यानकोट त्रिपुरासुन्दरी ४ घर भई हाल काठमाडौंको नागार्जुन गैरीगाँउ बस्ने दिपेन्द्र दाहालले २०७९ साल ५ वैशाखमा प्रहरी वृत्त स्वयम्भुमा लिखित निवेदन दिएका थिए ।

    चोरीको मोटरसाइकल खोजतलास गर्न भनि वृत्त स्वयम्भुबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएको पत्रानुसार मोटरसाईकल खोजी गर्ने क्रममा, चोरीमा संलग्न व्यक्तिहरुको सुचना संकलन गरि निग्रानी गर्दा लामालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend