logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ जना पक्राउ, अभद्र व्यवहारको मुद्धा

    प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ जना पक्राउ, अभद्र व्यवहारको मुद्धा

    7.8K
    Shares
    प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ जना पक्राउ, अभद्र व्यवहारको मुद्धा

     

    ललितपुर । ललितपुरको धोबिघाटमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ जना चालकलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्धा चलाएको छ । बा ८५ प ८९६७ नम्बरको मोटरसाईकल चालक कपिलवस्तुको बाणगंगा नगरपालिका ७ घर भई हाल काठमाडौँको कलंकी बस्ने ३६ बर्षीय केशव भुसाललाई मुद्धा चलाएको हो ।

    मंगलबार साँझ ट्राफिक चेकिङ गर्ने क्रममा मापसे गरेको पाईएपछी कारवाही गर्न खोज्दा भुसालले ट्राफिक प्रहरीलाई नगद १ हजार रुपैँया दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

    साथै ट्राफिक प्रहरीले नगद लिन ईन्कार गर्दा गालीगलौज गर्नुका साथै वादविवाद गरी अभद्र व्यवहार गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । उनी उपर अभद्र व्यवहार मुद्धामा ५ दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend