logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • करिश्माको घरमै पुगेर निहारिकाले फिर्ता गरिन् २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा

    करिश्माको घरमै पुगेर निहारिकाले फिर्ता गरिन् २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा

    15.7K
    Shares

    काठमाडौं । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् । पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् । गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी तस्वीर सेयर गरेपछि करिश्मा र निहारिकाबीच मनमुटाव सुरु भएको थियो ।

    निजी तस्वीर सेयर गर्दै करिश्माले आफूले उनलाई गरेको सहयोगप्रति पश्चाताप व्यक्त गर्दै आफू मान्छे भएको, तर एटीएम कार्ड नभएको प्रतिक्रिया दिएकी थिइन् । निहारिका पैसा फिर्ता गर्न गोदावरी पुग्ने समयमा करिश्मा सारीमा सजिएर तीज कार्यक्रमका लागि पार्टी प्यालेसमा गएकी थिइन् । त्यहीं पुगेर पैसा फिर्ता गर्ने क्रममा विवाद र भनाभन समेत भएको थियो । त्यस क्रममा पैसा भुईंमा खसेपछि करिश्माले टिपेकी थिईन् ।

    सुरुमा पैसा लिन आनकानी गरेकी करिश्माले पैसा फिर्ता पाएपछि आफूले धेरै मेहनतले कमाएको पैसा भएको र गलत ठाउँमा प्रयोग नभएको भन्दै सन्तोष व्यक्त गरेकी थिइन् । आफ्ना निजी तस्वीर सेयर गरेको भन्दै निहारिकाले करिश्माविरुद्ध उजुरी दिने बताईएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend