logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • ७८ लाख घुस लिने अख्तियारका पुर्वआयुक्त विरुद्धको भ्रष्टाचार मुद्धामा सुनुवाइ सुरु

    ७८ लाख घुस लिने अख्तियारका पुर्वआयुक्त विरुद्धको भ्रष्टाचार मुद्धामा सुनुवाइ सुरु

    15K
    Shares

    काठमाडौं । विशेष अदालतले घुसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले शुक्रबार सुरु भएको मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । अब मुद्दाको निरन्तर सुनुवाइ हुनेछ ।

    अख्तियारले १२ चैत २०७५ मा आफूकहाँ विचाराधीन एक इञ्जिनियरिङ कलेजको अनियमितता सम्बन्धी फाइल मिलाउन ७८ लाख रुपैयाँ घुस खाएको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो । आयुक्त पाठकका साथै उनलाई घुस खुवाउने नेपाल इञ्जिनियरिङ कलेजका पूर्व–अध्यक्ष लम्बोदर न्यौपानेलाई अख्तियारले ७८ लाख रुपैयाँ विगो मागदावी गरी मुद्दा दायर गरेको थियो ।

    आयुक्त पाठकमाथि अख्तियारमा विचाराधीन उजुरी मिलाइदिने भनी पदीय आचरण विपरीत काम गरेको आरोप छ । आरोपपत्रमा अख्तियारले पाठकमाथि ११ वर्ष कैद सजाय हुनुपर्ने मागदावी गरेको थियो । भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसार, ५० लाखदेखि एक करोड रुपैयाँ घुस लिने÷दिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुनेछ । विशिष्ट श्रेणीको कर्मचारी भ्रष्टाचारमा संलग्न भएको भेटिए थप ३ वर्ष कैद हुने व्यवस्था छ । सो व्यवस्था अनुसार पाठकमाथि ११ वर्षसम्म हुने भनी अख्तियारको मागदावी थियो ।

    लम्बोदरसँग रकम लिएर पाठकलाई घुस बुझाएका इञ्जिनियर ज्ञानेन्द्र झालाई अख्तियारले अनुसन्धानमा सहयोग गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । भिडियो खिच्ने ध्वजमान मोक्तानको हकमा पनि अख्तियारले मुद्दा चलाएको छैन ।

    नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने विभिन्न अनियमिततामा मुछिएका थिए । कलेजको फाइल अख्तियारमा अनुसन्धान हुँदै थियो । त्यसक्रममा न्यौपानेले आफूलाई जोगाइदिन अनुरोध गर्दै पाठकलाई एकपटक ४० र अर्कोपटक ३८ गरी ७८ लाख रुपैयाँ घुस बुझाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend