logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • आफ्नै आमाकै भेषमा मनोज गजुरेलको ‘छोरी’ प्रस्तुती

    आफ्नै आमाकै भेषमा मनोज गजुरेलको ‘छोरी’ प्रस्तुती

    21.8K
    Shares

    काठमाडौं । स्वदेशी देखि विदेशी ठुला ठुला व्याक्ति सम्मको क्यारिकेचर गर्न माहिर मनोज गजुरेलले अहिले भने एक फरक रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।
    मनोज गजुरेल पहेलो फुलबुट्टे सारी , ढाकाको चोली र पछ्य्यौरी , सेताम्मै फुलेको कपाल अनि आँखा मुनी ‘डार्क सर्कल’ देखिएको भेषमा देखिएका छन् । उक्त अवतार अरु कसैको नभई गजुरेलकी आफ्नै आमाको हो ।

    गजुरेलले आफ्नी आमा र आफ्नो उक्त तस्विर सामाजिक संजालमा सेयर समेत गरेका छन् । उक्त तस्विर सिस्नु पानी नेपालको नयाँ प्रस्तुती ‘छोरी महिमा र गरिमाको गायन’को रहेको गजुरेलले बताए । विभिन्नमा अवसर पारेर व्यंग्यात्मक प्रस्तुतीको मन्चन गर्दै आएको सिस्नुपानी नेपालले हिजो मात्र राष्ट्रपतिको आथित्यतामा प्रज्ञा प्रतिष्ठानमा सो प्रस्तुती देखाएको थियो ।

    नारीहरुको त्याग परिश्रम, मेहनत र गरिमाको कदर तथा सम्मानमा उक्त प्रस्तुति तयार गरिएको गजुरेलको भनाई छ । ‘हामीले पहिला बुवाको सम्मानमा यस्तै एउटै प्रस्तुती दिएका थियौँ , त्यस पछी आमाको नाममा नि केही गरौ भन्ने भयो तर आमा भन्ने शब्द भन्दा पनि छोरी भन्ने शब्द यो प्रस्तुतीलाई बढी सुहाउँदो लागेर हामीले यही नाममा प्र्स्तुती मन्चन गरेका हौँ , उनले भने ‘मैले यसमा मेरै आमाको भूमिका निभाएको छु र यसमा मेरी आमाको पनि सानो रोल छ । क्यारिकेचरले सधैं हसाउँन पर्छ भन्ने छैन यो प्रस्तुती मर्मस्पर्शी प्रस्तुती हो , कहिले काँही क्यारिकेचरले मनलाई चिमोट्नु पर्छ यो त्यस्तै प्रस्तुती हो ।’

    गजुरेलका अनुसार ‘छोरी’ नामक सो प्रस्तुती आजनै गजुरेल नामक युटुब च्यानल मार्फत सार्वजनिक समेत हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend