logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • यस्तो छ नेकपा एमालेको उम्मेदवार बन्ने मापदण्ड

    यस्तो छ नेकपा एमालेको उम्मेदवार बन्ने मापदण्ड

    5.7K
    Shares
    यस्तो छ नेकपा एमालेको उम्मेदवार बन्ने मापदण्ड

     

    काठमाडौं । उम्मेदवार छनोटको मापदण्ड र अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । शुक्रबार र शनिबार बसेको बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन समूहगत रुपमा छलफल भएको थियो । पार्टीलाई संगठनात्मक र वैचारिक रुपले एकतावद्ध तथा कार्यशैलीमा एकरुपता ल्याउन अध्यक्ष आलीको प्रतिवेदन एकताको सन्देश दिएको बैठकपछि आयोजित पत्रकार ब्रिफिङ्गमा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    बैठकले केन्द्रीय सल्लाहकार परिषद, लेखा आयोग, निर्वाचन आयोगका अध्यक्षले आयोगका कामबारे दिएको जानकारी ग्रहण गरेको छ । त्यस्तै भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

    बैठकपछि प्रेस ब्रिफिङमा प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समानुपातिकको नाम सिफारिस गर्दा अवसरको न्यायोचित वितरण, सन्तुलन र समावेशी ढंगले पठाउनुपर्ने भन्दै जिल्लाले पठाउने निर्णय अन्तिम नभएकाले केन्द्रबाट हेरफेर हुने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend