काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाँट हुने बताएका छ्न । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
उनले अहिले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँटको बारेमा छलफल चलिरहेको भन्दै सबै गठबन्धनका पार्टीहरुलाई स्वीकार्य हुने गरेर सिट बाँडफाँट हुने बताए । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या रहेको तर पछि निस्कर्षमा सहमति भएकोले निस्कर्ष निकाल्ने कुरामा बाँडफाँटको कुरा अड्किएको बताए । उनले बाँडफाँटको आधा समस्या सकिसकेको र सिट ठूलो समस्या नभएको बताए ।
उनले भने, ‘गठबन्धन सिटको बाँडफाँट सबैलाई स्वीकार्य हुने गरेर मिल्छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या थिए,तर छलफलपछि यसको निस्कर्ष निस्किन्छ । आधा समस्या सकिसकेको छ, यो त्यति ठूलो समस्या होइन । जिल्लाका घोषणापत्रहरु पूरा गरेका छौँ ।’
नेता बस्नेतले गत ५ वर्षमा विकास नै नभएको भन्ने कुरा गलत रहेको तर सोचेअनुरुपको विकास नभएको बताए ।